नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सहभागी ब्रान्डमध्ये अवलोनकर्ताको ध्यान खिच्न सफल अर्को स्टल हो, महिन्द्रा एन्ड महिन्द्रा।
ईभीमा अधिकांश चिनियाँ ब्रान्डको भीडमा भारतीय कम्पनी महिन्द्रा पनि बीई ६ र एक्सईभी ९ईका साथ अवलोकनकर्तालाई तानिरहेको छ।
महिन्द्राको स्टलमा ईभीमा चासो राख्ने सवारीप्रेमीहरु नयाँ मोडलहरुबारे बुझिरहेका देखिन्छन्।
बीई ६ र एक्सईभी ९ई नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेट प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरेको हो।
नयाँ नयाँ स्वरुपमा नेपाली बजारमा चिनियाँ ईभीको वर्चस्व छ। यस्तोमा महिन्द्राले पनि आकर्षक र स्पोर्टी डिजाइनमा बीई ६ र एक्सईभी ९ई उपलब्ध गराएर प्रतिस्पर्धाको दौडमा उभ्याएको छ। यसले गर्दा पनि महिन्द्राको स्टलमा गाडी हेर्न अवालोकनकर्ता तँछाडमछाड गरिरहेका छन्।
एक्स्पाको पाँचौँ दिनसम्म ईभीहरुले राम्रो बुकिङ प्राप्त गरेको महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री म्यानेजर महेश ठकुरीले बताए।
उनका अनुसार बीई ६ ले ५० र एक्सईभी ९ई ले १० वटा बुकिङ पाएको छ। अन्तिम दिनमा यो संख्या अझै बढ्नेछ।
‘महिन्द्रा एन्ड महिन्द्रा एक प्रतिष्ठित ब्रान्ड हो। नेपालमा तीन दशकभन्दा लामो समयदेखि महिन्द्राको उपस्थिति छ। यो ब्रान्डप्रति उपभोक्ताको विश्वास छ’, ठकुरीले नेपालखबरसँग भने।
विश्वासिलो ब्रान्ड र उपभोक्ताको चाहनाअनुरुप डिजाइन भएकाले महिन्द्राका ईभीले नेपाली बजारमा राम्रो प्रभाव पर्ने उनको भनाइ छ।

मूल्य र विशेषता
बीई६ र एक्सईभी ९ई तीन भेरियन्टमा सार्वजनिक गरिएको छ। बीई६ को सुरुवाती मूल्य ५७ लाख रुपैयाँ र एक्सईभी ९ई को सुरुवाती मूल्य ६९ लाख रुपैयाँ तोकिएको छ।
बीई ६ का तीनवटै भेरियन्टमा ५९ किलोवाट आवरको ब्याट्रीले ९९ किलोवाट आवरको मोटर दिइएको छ। बीई ६ को रेन्ज ३५० किलोमिटर छ।
एक्सईभी ९ ई सुरुवाती मूल्य ६९ लाख रुपैयाँ छ। एक्सईभी ९ ई प्याक २ र प्याक ३ सेलेक्सनमा ५९ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट आवरको मोटर दिइएको छ।
यसको रेञ्ज ३५० किलोमिटर छ। एक्सईभी ९ ई प्याक ३ को मूल्य ९५ लाख रुपैयाँ तोकिएको छ। यसमा ७९ किलोवाट आवरको ब्याट्री र १९९ किलोवाट आवरको मोटर दिइएको छ। यसको रेन्ज ४५० किलोमिटर भएको दाबी गरिरहेको छ।
थप तस्बिर





प्रतिक्रिया