कारोबार


अमुदी फुड्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल

अमुदी फुड्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल

नेपालखबर
साउन २६, २०८२ सोमबार २०:१७, काठमाडौँ

अमुदी फुड्स लिमिटेडले प्रतिसेयर अंकित मूल्य रु.१०० दरको २० लाख कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्नको लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ। साउन २६ गतेका दिन ग्लोबल आईएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा अमुदी फुड्स लि.को तर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आईएमई क्यापिटल लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे।

कम्पनीकोे कर्पोरेट अफिस काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वरमा रहेको छ भने चितवनको भरतपुर न.पा.वडा नं. १२, गोन्द्राङमा फुड्स उत्पादन गर्ने उद्योग रहेको छ। यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी, शिक्षाविद तथा ख्यातीप्राप्त व्यक्तित्वहरूको लगानी रहेको छ। 

अमुदी फुड्स लिमिटेडले यू-एन-मी ब्रान्डद्वारा गुणस्तरीय स्न्याक्स उत्पादन गर्दै आएको छ। स्न्याक्सको क्षेत्रमा यू-एन-मी चिजी चिज रिङ, यू-एन-मी चिज बल, यू-एन-मी मसाला मञ्च, यू-एन-मी पोमिस, यू-एन-मी पोटेटो क्याकर, यू-एन-मी ट्याङ्गी टोमेटो रिङ, यू-एन-मी अकबरे चटपटे, यू-एन-मी ग्रान्ढ, यू-एन-मी फायरबल, यू-एन-मी मिक्स्ड दालमोठ, यू-एन-मी प्लेन भुजिया, यू-एन-मी एनी टाइम दालमोठ, यू-एन-मी आलु भुजिया, र यू-एन-मी साल्टेड पिनट्सका साथै यू-एन-मी मसाला जस्ता उत्पादनहरु बजारमा लोकप्रिय रहँदै आएको ब्रान्डले अब नुडल्स उत्पादनलाई पनि रणनीतिक रुपमा अघि सारेको जनाएको छ।  

उद्योगबाट उत्पादित यूएनमी ब्रान्डको प्रोडक्टले स्वदेश तथा विदेशमा नेपाली स्वादको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ। यस उद्योगको क्षमता अभिवृद्धि गरी नुडल्स उत्पादन मार्फत बजार विस्तार, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय बजारमा यूएनमीलाई एक प्रतिष्पर्धी ब्रान्डको रुपमा स्थापित गर्ने विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad