ऐना युनिसेक्स सलुनले चौथो वार्षिकोत्सव मनाएको छ। काठमाडौं थापाथलीस्थित ब्लुबर्ड मलमा सञ्चालित यस सलुनले सफलतापूर्वक चारवर्षे यात्रा पूरा गरेको हो।
सोही अवसरमा आयोजना गरिएको कार्यक्रममा बिहीबार अभिनेत्री बेनिशा हमालदेखि कलाकार मिस पबी र कमेडी दरबारकी निर्देशक तथा कमेडियन श्रद्धा प्रसाईंसम्म उपस्थित भए।
ऐना युनिसेक्स सलुनकी सञ्चालक खुसी पाठक हुन्। उनले अमेरिकाबाट फर्किएपछि चार वर्षअघि यो व्यवसाय सुरु गरेकी थिइन्।
चुनौती र सिकाइबीच चारवर्षे यात्रा निकै रोचक रहेको पाठक बताउँछिन्।
‘चौथो वर्षसम्म आइपुग्दा सबै जना मेरो भगवानरूपी ग्राहक हुनुहुन्छ, उहाँहरूले यति धेरै साथ, सहयोग, माया र विश्वास गर्दिनुभएको छ। जुन सबैभन्दा ठूलो कुरा हो। हाम्रो डे वान देखिकै यति धेरै विश्वासिलो ग्राहकहरु हुनुहुन्छ। यसबाट मलाई एकदम भाग्यमानी र खुसी महसुस हुन्छ’, पाठकले भनिन्।

अमेरिकाभन्दा यस व्यवसायबाट आफूलाई निकै आत्मसन्तुष्टि मिलेको समेत उनी बताउँछिन्।
‘सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टि हो। पैसाको कमाइको हिसाबमा हेर्दाखेरि त अब युएसमा जस्तो इन्कम यहाँ हुँदैन। तर, जुन हिसाबमा एउटा व्यवसाय गरिरहेको छु, यति जनालाई रोजगारी दिइरहेको छु। परिवार, समाज अनि आफ्नै देशभित्र काम गर्न पाउँदा एकदम भाग्यमानी फिल हुन्छ, खुसी लाग्छ’, उनले भनिन्, ‘अर्कोचाहिँ यसले एउटा राम्रो पहिचान पनि मिल्छ। हामीले सामाजिक पनि काम गरिरहेको हुन्छौँ। तर, बाहिर सिकिन्छ, बुझिन्छ र आफूलाई एक्सप्लोर गरिन्छ। तर, सधैँभरिलाई उतै काम गर्नु भनेर राम्रो लाग्दैन।’
उनका अनुसार सधैँझैँ यसपटकको वार्षिकउत्सवमा पनि ऐनाले विभिन्न विशेष अफरहरु ल्याएको छ। तीज पनि सँगै भएका कारण हरेक सेवामा ४४ प्रतिशत छुटसहित आकर्षक अफर दिइनेछ।

विगत एक वर्षदेखि ऐना युनिसेक्स सलुनले चर्चित कमेडी शो ‘कमेडी दरबार’को मेकअप पार्टनरको रुपमा काम गरिरहेको छ।
साथै चारवर्षे यात्रामा सलुन मात्रै नभई एकेडेमीमार्फत तालिम दिएर थुप्रै विद्यार्थी जन्माइसकेको छ। आगामी दिनमा विभिन्न ब्रान्डसँग जोडिने योजना रहेको पाठक बताउँछिन्।
‘अब हामी धेरै एउटा ब्रान्डहरूसँग टाई-अप छौँ । हामी सहकार्य गरेर काम गरिरहेका छौँ। अहिले चर्चामा रहेको कमेडी दरबार शोमा समेत हामीले स्पोन्सर गरेको छौँ। ऐना जुन हिसाबमा एउटा सानो जन्मेको थियो, अहिले ब्रान्ड हिसाबमा माथिल्लो लेभलसम्म पुगेको भन्ने महसुस गरिरहेको छु। पाँचौं वर्षमा हाम्रो अरु आउटलेट खोल्ने समेत योजना छ’, उनले भनिन्।

अहिलेकी व्यस्त अभिनेत्री बेनिशा हमालले चौथो वार्षिकोत्सवको अवसरमा ऐना युनिसेक्स सलुन टिमलाई बधाई दिइन्।
‘मिडियाकर्मी, कलाकर्मी, साथीहरु सबैजनाको यो फेभरेट हब पनि हो। खुसी जी मेरो साथी हुनुहुन्छ। हामीले चिनेको १०-१२ वर्ष हुँदा पनि जुरिरहेको थिएन। आज जुरेको रहेछ। उहाँले एकदमै राम्रो गरिराख्नुभएको छ। उहाँलाई बेस्ट विसेस भन्छु। साथसाथै यो ऐना सलुनसँग जोडिनुभएको सबैजनालाई नै शुभकामना दिन चाहन्छु’, हमालले भनिन्।
हरेक व्यक्तिहरुसँग मेकअप जोडिएको बताउँदै उनले एउटा कलाकारको लागि पनि झनै महत्त्वपूर्ण रहेको सुनाइन्।
बेनिशा भन्छिन्, ‘सेल्फ केयरको कुरा भयो। यसले तपाईंको कन्फिडेन्स पनि बिल्ड गर्छ। अनि अर्को कुरा हामी कुनै पनि ठाउँमा जाँदाखेरि प्रिजेन्टेबल भएर जानु भनेको त्यो ठाउँको पनि रेस्पेक्ट गर्नु हो। त्यो कारणले गर्दा खेरि यो निकै महत्त्वपूर्ण छ।’

टिकटकर तथा कलाकार मिस पबीले पनि शुभकामना दिँदै ऐनाको सेवा निकै मन पर्ने बताइन्।
‘ऐनाले हाम्रो कमेडी दरबारलाई एकदमै सपोर्ट गर्नुभएको छ। उहाँहरुले हामीलाई जस्तो क्यारेक्टर चाहिएको छ, त्यस्तै बनाइदिनुहुन्छ। उहाँहरुको सर्भिस निकै मन पर्छ।’
कमेडी दरबारकी निर्देशक श्रद्धा प्रसाईंले कमेडी दरबारको सुरुवातदेखि नै ऐनाले सहयोग गरिरहेको सुनाइन्।
‘कमेडी दरबारको सन्दर्भमा हामीसँगै काम गरेको पनि एक वर्षभन्दा बढी भयो। एकदम धेरै चाहिने बेला उहाँहरू हामीसँग हुनुहुन्थ्यो। अनि त्यो कारणले गर्दाखेरि पनि ऐना चाहिँ आफ्नै जस्तो लाग्छ। उहाँहरूको काम त हाम्रो स्क्रिनमा तपाईँहरूले देखि नै रहनुभएको छ। एकदम राम्रो काम गर्नुहुन्छ। कमेडीमा विभिन्न गेटअपहरूको कुरा आउँछ। त्यो कारणले गर्दाखेरि अब क्यारेक्टर कसरी देखाउने भन्दा इम्पोर्टेन्ट हुन्छ। कमेडी दरबारमा ऐनाको एकदम ठूलो हात छ।’




Shares

प्रतिक्रिया