राजनीति


मधेसका मुख्यमन्त्री र भारतीय प्रतिनिधिमण्डलबीच भेट, भूमिगत जल सम्बन्धी छलफल

मधेसका मुख्यमन्त्री र भारतीय प्रतिनिधिमण्डलबीच भेट, भूमिगत जल सम्बन्धी छलफल

नेपालखबर
साउन २९, २०८२ बिहिबार १४:८, जनकपुरधाम

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भारतको जल शक्ति मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएकाे छ।

बिहीबार बिहान भएको भेटमा भारतीय प्रतिनिधिमण्डलले मधेसमा विद्यमान खानेपानीको समस्या समाधानका निम्ति विभिन्न सुझाव दिएका छन्।

भूमिगत जल तथा त्यसको उपयोगका सम्बन्धमा टोलीले सुझाव दिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। 

भारतीय प्राविधिकको टोलीले निकट भविष्यमा मधेस प्रदेशका विभिन्न भागमा भूमिगत जलको उपलब्धको अध्ययन गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad