कारोबार


कृषि मन्त्रालयले माग्यो दुग्ध विकास संस्थानलाई महाप्रबन्धक (सूचना)

कृषि मन्त्रालयले माग्यो दुग्ध विकास संस्थानलाई महाप्रबन्धक (सूचना)

नेपालखबर
भदौ १, २०८२ आइतबार ८:०, काठमाडौँ

कृषि तथा पशुपन्छी विकास मन्त्रालयाअन्तर्गतको दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। 

मन्त्रालयको सिफारिस समितिले आज (भदौ १ गते) सूचना जारी गरी दुग्ध विकास संस्थानमा रिक्त रहेको महाप्रबन्धक पद खुला प्रतियोगिताबाट पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकलाई २१ दिनभित्र आवेदन दिन अनुरोध गरेको हो। 

आवेदन कार्यालय समयभित्र सिंहदरबारस्थित कृषि मन्त्रालयको कर्मचारी प्रशासन शाखा (बोर्ड/संस्थान डेस्क) मा गोप्य सिलबन्दी गरी दिन भनिएको छ। 

आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्टसम्म पनि दरखास्त दिन सकिने सूचना उल्लेख छ। निर्धारित मिति र समयभन्दा बाहिर आएका तथा रीत नपुगेका दरखास्त स्वीकृत नगरिने मन्त्रालयले जनाएको छ। 

यस विषयमा विस्तृत जानकारीका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वेबसाइट www.moald.gov.np र दुग्ध विकास संस्थानको वेबसाइट www.ddc.gov.np बाट Download गर्न सकिने जनाइएको छ।

अन्य थप जानकारीका लागि मन्त्रालयको कर्मचारी प्रशासन शाखा (बोर्ड/संस्थान डेक्स) मा सम्पर्क गर्न सकिने छ।

हेर्नुहोस्, सूचना:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad