कारोबार


नेपालको इन्जिनियरिङ शिक्षालाई विश्वस्तरीय बनाइने : मन्त्री दाहाल

नेपालको इन्जिनियरिङ शिक्षालाई विश्वस्तरीय बनाइने : मन्त्री दाहाल

नेपालखबर
भदौ ७, २०८२ शनिबार १९:५९, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालमा इन्जिनियरिङ् शिक्षालाई विश्वस्तरीय बनाउनुपर्ने बताएका छन्।

नेपाल इन्जिनियरिङ् काउन्सिलले आयोजना गरेको दुई दिने कार्यशालाको शनिबार सम्पन्न समापन कार्यक्रममा बोल्दै मन्त्री दाहालले नेपाली इन्जिनियरहरूको योग्यता र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन एक्रिडिएसन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। 

उनले नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न काउन्सिलको नेतृत्व फलदायी हुने उल्लेख गर्दै, इन्जिनियरहरूको क्षमता विकास, शैक्षिक सुधार तथा अनुसन्धानलाई सरकार समर्थन गर्न तयार रहेको बताए।

पूर्वाधार विकासमा इन्जिनियरिङ क्षेत्रको उल्लेखनीय योगदान भएको उल्लेख गर्दै मन्त्री दाहालले अनुसन्धानमूलक कार्यक्रम र नयाँ विकास योजनामा अझ बढी ध्यान दिनुपर्नेमा जोड दिए।

सोही कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले इन्जिनियरिङ शिक्षा प्रयोग र अभ्यासमा आधारित हुनुपर्ने आवश्यकता औंल्याउँदै, यस क्षेत्रको स्तरोन्नतिका लागि सबै पक्षबाट सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए।

नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीका अनुसार कार्यशालामा नतिजा आधारित शिक्षा मार्फत इन्जिनियरिङ क्षेत्रको रुपान्तरणबारे दुई दिनसम्म विज्ञ, प्राध्यापक र सरोकारवालाबीच गहन छलफल भएको थियो। 

कार्यक्रममा श्रीलंकाका प्राध्यापक जेपी करुणा दासले समेत सहजीकरण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad