कारोबार


नाडामा टाटा मोटर्सका गाडी किन्दा अफरको बहार (भिडिओ/तस्बिर)


नेपालखबर
भदौ ७ , काठमाडौँ

नाडा अटो सो २०२५ मा टाटाले अफरको बहार ल्याएको छ। नाडामा गाडी बुक गर्ने तथा किन्नेलाई टाटाको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले फरक र भिन्न अफर प्रस्तुत गरेको छ। 

अटो सोमा उक्त गाडी खरिदमा कम्पनीले सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, आकर्षक छुट र उत्कृष्ट साटफेर मूल्यांकन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क अटोप्लस बिमा, निःशुल्क एसेसरिज र १ वर्षको सवारी कर रहेका छन्। त्यसैगरी घरमै निःशुल्क चार्जिङ स्टेसन राख्नेदेखि निःशुल्क इम्बोस्ड नम्बर प्लेट राख्ने अफर पनि यसमा समावेश छ। 

नाडा अटो सोमार्फत कम्पनीले नेपाली बजारमा न्यु टाटा सफारी सार्वजनिक पनि गरेको छ। सफारी तीन भेरियन्टमा सार्वजनिक भएको छ। यसको सुरुवाती मुल्य १ करोड २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। बीएस- ६ डिजल इन्जिनमा आएको गाडी १९५६ सीसीको छ। 

प्रदर्शनीमा टाटाका चार ईभी टियागो, पन्च, नेक्सन र कर्भ पनि राखिएको छ। यसरी, अफर र नयाँ मोडलहरूको संयोजनले सवारीसाधन बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउने कम्पनीको विश्वास छ।


तस्बिर/भिडिओ : सरोज नेपाल

भदौ ७, २०८२ शनिबार २०:१७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad