सुदूरपश्चिम


महेन्द्रनगरमा गौरा महोत्सव मनाउँदै महाकाली साहित्य संगम

महेन्द्रनगरमा गौरा महोत्सव मनाउँदै महाकाली साहित्य संगम

नेपालखबर
भदौ ७, २०८२ शनिबार २०:५२, काठमाडौँ

महाकाली साहित्य संगमले यस वर्ष पनि महेन्द्रनगरमा भव्यरूपमा गौरा महोत्सव मनाउने भएको छ। आगामी भाद्र १२ गतेदेखि महेन्द्रनगरको खुलामञ्चमा महोत्सव सुरु हुने आयोजकले जनाएको छ।

शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै संगमका अध्यक्ष हरिशप्रसाद जोशीले सम्पदा संरक्षण र सांस्कृतिक गौरवलाई उच्च राख्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको बताए। उनका अनुसार, २०४७ सालमा स्थापना भएको साहित्य संगमले २०५० सालदेखि निरन्तर रुपमा गौरा महोत्सव मनाउँदै आएको छ।

यस वर्षको महोत्सवमा परम्परागत डेउडा नृत्य, गितीकथा वाचन, लोकसंगीत र वाद्य प्रदर्शन लगायत विविध कार्यक्रम समावेश हुने छन्।

कार्यक्रमका वरिष्ठ उपाध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले भने नेपाली मौलिक संस्कृति आक्रमणमा परेको दाबी गर्दै यसको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औंल्याए।

‘हाम्रो संस्कृतिमाथि आक्रमण भइरहेको छ, मूल स्वरुप समाप्त हुनेतर्फ अग्रसर छ। त्यसैले सांस्कृतिक सम्पदा जोगाउँदै गौरव बढाउने हेतुले महोत्सव आयोजना गर्न लागिएको हो,’ उनले भने।

सुदूरपश्चिमको समृद्ध लोकसंस्कृति अझै घरभित्र मात्र सीमित रहेको उल्लेख गर्दै रावलले यसलाई समाजमा सकारात्मक रुपमा प्रस्तुत गर्नुपर्ने बताए।

‘हामीलाई छाउपडी र देउकी प्रथा मात्र मान्ने ठाउँका मानिस भनेर चिन्छन्। तर, दिदीबहिनी भेट्ने र एकता मिलनलाई पर्वका रुपमा मनाउने परम्परा हाम्रो गौरव हो। यसलाई स्थापित गर्न सकेनौं भने हाम्रो मौलिकता हराउने खतरा छ,’ रावलले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad