लुम्बिनी


अर्घाखाँचीमा बाघको आक्रमणले ७ बाख्रा मरे, ८ हराए

अर्घाखाँचीमा बाघको आक्रमणले ७ बाख्रा मरे, ८ हराए

नेपालखबर
भदौ ७, २०८२ शनिबार २१:३४, अर्घाखाँची

जिल्लाको शितगङ्गा नगरपालिकामा बाघको आक्रमणबाट ७ वठा बाख्रा मरेका छन् भने ८ वटा बेपत्ता छन्। शितगङ्गा-१३ माझिफाँटस्थित हिमालयन बाख्रापालन तथा कृषि फार्मका १५ वटा बाख्रा बाघले आक्रमण गरेको हो।

‘बुधबार बाख्रा चराउन जङ्गल गएका बेला ३० वटा बाख्रा हराएका थिए। तीमध्ये एउटा घाइते अवस्थामा र १४ वटा सकुशल फार्ममा फर्किएका थिए। अन्य बाख्रा खोजी गर्दा सात वटालाई बाघले आक्रमण गरी मारेको पायौँ, अझै आठ बाख्रा हराइरहेका छन्’, फार्म सञ्चालक घनश्याम अधिकारीले भने। बुधाबारदेखि निरन्तर खोजी गरिरहेको बताउँदै आज पनि खोजी गरिएकामा हराइरहेका बाख्रा फेला पार्न नसकिएको उनले बताए।

यतिका दिनसम्म बाख्रा फेला नपर्नुले ती बाख्रालाई पनि बाघले खाएको हुनसक्ने अधिकारीले आशङ्का व्यक्त गरे। उनका अनुसार मृत बाख्रा करिब एक किलोमिटर दूरीमा पर्ने देउराली-पारे सामुदायिक वन क्षेत्रमा भेटिएका थिए। 

दुई वर्ष अगाडि बाख्रापालनका लागि १२ लाख लगानीमा संरचना बनाइएको जनाउँदै अर्का सञ्चालक विष्णु पौडेलले बाख्रासँगै फार्ममा ब्रोइलर कुखुरा र बङ्गुर पनि पालिएको बताए। उनका अनुसार फार्ममा अहिलेसम्म ३५ लाख लगानी भइसकेको छ।

बाघले गर्दा फार्मका ठूलो क्षति पुगेको बताउँदै पौडेलले गत जेठमा २ हजार ५०० ब्रोइलर कुखुरा पालेकामध्ये एकै दिन १ हजार २०० मरेका जानकारी दिए। लगातारको क्षतिले फार्म सञ्चालक चिन्तामा छन्। स्वदेशमा केही गर्नुपर्छ भनेर पशुपन्क्षीपालनमा लगानी लगेको भन्दै सोचेजस्तो नतिजा आउन नसकेको उनीहरूको भनाइ छ।

पछिल्लो समय यस क्षेत्रमा बाघको आक्रमण बढ्दै गएको स्थानीय बताउँछन्। बुधबार राति मात्र नजिककै भलासिक्र गाउँको एक खोरका ४ बाख्रा जङ्गली जनावरले मारेको, एउटा बाख्रालाई घाइते बनाएको प्रहरी चौकी सिमलपानीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad