कारोबार


विलासिता शुल्कले महँगियो पाँचतारे होटलको सेवा, २ प्रतिशत असुल्न विभागले बनायो कार्यविधि

विलासिता शुल्कले महँगियो पाँचतारे होटलको सेवा, २ प्रतिशत असुल्न विभागले बनायो कार्यविधि

मर्क्युर होटल (फाइल तस्बिर)


नेपालखबर
भदौ १८, २०८२ बुधबार १४:२७, काठमाडौँ

पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा थप महंगिने भएको छ। 

सरकारले आर्थिक ऐन २०८२ मार्फत पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा र सुन तथा सुनका गरगहना कारोबारमा विलासिता शुल्क लाग्ने व्यवस्था गरेका कारण सेवा थप महंगिएको हो। 

आर्थिक सर्वेक्षणअनुसार २०८१ फागुनसम्म नेपालमा डिलक्ससहितका पाँचतारे होटलको संख्या २१४ पुगेको छ। यी होटलहरुमा २ प्रतिशत विलासिता शुल्क लागू हुनेछ। 

सोही व्यवस्थाअनुसार रकम असुल्न आन्तरिक राजस्व विभागले विलासिता शुल्कसम्बन्धी कार्यविधि बनाएको छ। 

योसँगै पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले सेवा प्रदान गरेको बखत सेवाबापत असुल हुने मूल्यअभिवृद्धि करअघिको मूल्यमा २ प्रतिशतका दरले शुल्क लगाई असुल गर्नुपर्ने भएको छ। 

त्यसैगरी नेपालमा पैठारी हुने मदिराको मूल्यअभिवृद्धि करअघिको मूल्यमा पैठारीका बखत सम्बन्धित भन्सार कार्यालयले भन्सारविन्दुमा २ प्रतिशतका दरले शुल्क लगाई असुल गर्नुपर्नेछ। 

यसबाहेक सुन वा सुनको गरगहना बिक्रेताले बिक्रीका बखत बिक्री मूल्यको २ प्रतिशतका दरले शुल्क लगाई असुल गर्नुपर्नेछ। तर व्यवसायबाट व्यवसायलाई व्यावसायिक प्रयोजनका लागि गरिने तथा सर्वसाधारणबाट व्यवसायलाई गरिने सुन तथा सुनका गरगहनाको बिक्रीमा विलासिता शुल्क नलाग्ने विभागले जनाएको छ। 

विलासिता शुल्कसम्बन्धी प्रशासन करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, ठूला करदाता कार्यालय र मदिराको हकमा सम्बन्धित भन्सार कार्यालयले गर्नेछन्। शुल्क असुल गर्ने र राजस्व खातामा दाखिल गर्ने प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएको व्यक्तिले अलग्गै दर्ता गर्न नपर्ने विभागले उल्लेख गरेको छ। 

यस्तो छ कार्यविधि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad