माछापुच्छ्रे बैंकको २७औँ वार्षिक साधारणसभा आगामी असोज १० मा पोखरामा बस्दै छ।
उक्त सभामा लाभांशसम्बन्धी प्रस्तावसमेत स्वीकृत गर्ने तयारी छ।
यसअनुसार बैंक सञ्चालक समितिले सेयरधनीहरुलाई चुक्ता पुँजीको ४ प्रतिशत अर्थात् ४६ करोड ४८ लाख ५४ हजार २ सय ९० रुपैयाँ नगद लाभांश (बोनस सेयरको करसहित) वितरण गर्न स्वीकृत गर्ने सामान्य प्रस्ताव छ।
त्यसैगरी सञ्चालक समितिले सेयरधनीलाई सोही रकमबराबरकै बोनस सेयर समेत वितरण गर्ने विशेष प्रस्ताव पनि स्वीकृतिका लागि राखेको छ।
यसबाहेक अन्य प्रस्तावहरु पनि रहेका छन्। जसअनुसार सेयरधनी समूहको तर्फबाट रिक्त सञ्चालक नियुक्त गर्ने, ३ अर्बको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, अधिकृत पुँजी २० अर्ब पु¥याउनेलगायतका अन्य प्रस्तावहरु पनि रहेका छन्।
Shares

प्रतिक्रिया