बडा दसैँ नजिकिँदै गर्दा, अनलाइन किनमेल प्लेटफर्म दराज नेपाललेले आफ्नो बहुप्रतिक्षित वार्षिक अभियान ९.९ दसैँ धमाका ‘बडा दसैँ, बडा तयारी’ सुरु गरेको घोषणा गरेको छ।
यस वर्षको दसैँ धमाका र दराजको वार्षिकोत्सव सँगसँगै परेको छ। यस कारण पनि दराज नेपालले यो वर्षको ९.९ दसैँ धमाका, ‘बडा दसैँ, बडा तयारी’का माध्यमबाट उपभोक्ताहरूको दसैँ किनमेल अनुभवलाई अझ विशेष, रोमाञ्चक र लाभदायी बनाउने लक्ष्य लिएको छ।
भदौ २४ देखि असोज ७, २०८३ (सेप्टेम्बर ९ – २३, २०२५) सम्म चल्ने यो सेलमार्फत उपभोक्ताहरूले ७५ प्रतिशत सम्मको छुट, निःशुल्क डेलिभरी र रु. १ लाखभन्दा बढीको खरिदमा रु. १० हजार सम्मका फ्ल्याट भौचरहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यस वर्षको दसैँलाई अझ भव्य बनाउने उद्देश्यका साथ दराजले आफ्ना प्लेटिनम पार्टनरहरू सेताफिल, एईवीबी, एंकर, यूनिलिभर, होनासा, गायत्री ग्रुप, न्यूलाइट, रोह्टो, मसलब्लेज र ब्राण्डहाउस मार्फत ७०प्रतिशत सम्म छुट उपलब्ध गराउने छ। गोल्ड पार्टनरहरू मारिको, डा.शेठ्स, ग्रिन लाइफ एक्स्पेरियन्स र मामिपोकोका तर्फबाट ६०प्रतिशत सम्म छुट उपलब्ध हुनेछन् भने सिल्भर पार्टनरहरू न्यानो, ट्रिकाया र फ्यानटेकले ४०प्रतिशत सम्म छुट उपलब्ध गराइने ब्यवस्था मिलाइएको जानकारी दिइएको छ।
यसका अतिरिक्त भ्यान्स, कन्भर्स, एर्के, लोट्टो, पोषिलो फुड्स, ब्रिलिएर, अस्टाबेरी र अलेवा लगायत ५० भन्दा बढी अग्रणी ब्रान्डहरूमा ५०प्रतिशत भन्दा बढी छुट उपलब्ध गराइनेछ। यसले उपभोक्तालाई दसैँको तयारीका लागि आवश्यक हरेक सामग्रीदेखि फेशन र जीवनशैली लगायतका उत्पादनसम्म सबथोक एकैपटक एकै स्थानमा सहजै किन्ने अवसर प्रदान गर्ने उद्देश्य दराजले लिएको छ।
दसैँ धमाका अन्तर्गत दराजले सातओटा प्रमुख बैंकहरूसँग सहकार्य गरी प्रिपेमेन्ट छुट पनि उपलब्ध गराउने जानकारी दिएको छ। यस अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताले १५प्रतिशत छुट (रु. १,५०० सम्म) र डेबिट कार्ड प्रयोगकर्ताले १०प्रतिशत छुट (रु. १,००० सम्म) पाउनेछन्। यस अभियानमा सहभागी बैंकहरूमा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्रभु बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक र गरिमा विकास बैंक रहेका छन्।
अभियान अवधिभर, उपभोक्ताहरु माझ लोकप्रिय निःशुल्क डेलिभरी सुविधा पनि यथावत रहनेछ। न्यूनतम रु. ४९९ को खरिद गर्दा छानिएका उत्पादनहरूमा डेलिभरी निःशुल्क हुने कम्पनीले जानकारी दिएको छ। यसका लागि ग्राहकहरूले दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी भौचर संकलन गर्नु पर्ने हुन्छ।
दराजको दसैँ धमाका अभियान केवल छुट र अफरमा मात्र सीमित छैन। उपभोक्ताहरूलाई सहज भुक्तानी, फास्ट डेलिभरी, विश्वासिलो रिटर्न प्रणाली सहित पृथक तथा अविस्मरणीय किनमेल अनुभव प्रदान गर्न पनि दराजले प्रतिबद्ध जाहेर गरेको छ।
दसैँ धमाका सम्बन्धी थप जानकारीका लागि कम्पनीको वेबसाइटमा भ्रमण गर्न, दराज नेपालको फेसबुक पेज हेर्न वा दराज एप प्रयोग गर्न कम्पनीले अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया