कारोबार


प्रहरी दमनपछि प्रदर्शनकारीले जलाए गाडी, हताहती संख्या बढ्यो (तस्बिरहरू)

प्रहरी दमनपछि प्रदर्शनकारीले जलाए गाडी, हताहती संख्या बढ्यो (तस्बिरहरू)

नेपालखबर
भदौ २३, २०८२ सोमबार १५:४७, काठमाडौँ

जेनजीले आह्वान गरेको सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको छ। 

बानेश्वरमा प्रदर्शनकारीलाई ब्यारिकेड तोड्न छोडिदिएपछि प्रदर्शनकारी संसद् भवन प्रवेश गर्ने क्रममा अश्रुग्यास प्रहार भएको थियो। 

तर त्यसपछि भने भीड नियन्त्रणबाहिर जाँदा प्रहरी पनि दमनमा उत्रियो। 

प्रहरी दमनपछि हवाइ फायर, अश्रुग्यासबाहेक गोली चलेको थियो। त्यसपछि यो समाचार तयार पार्दासम्म कम्तीमा १० जनाको मृत्यु पुष्टि भइसकेको छ। घाइते धेरै भएकाले विभिन्न अस्पतालमा यो संख्या बढ्न सक्नेछ। 

शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शन उग्र बनेको हो। आज देशैभर जेनजीले प्रदर्शन गरिरहेका छन्। 

तस्बिरहरू : सरोज नेपाल/सम्झना घिमिरे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad