कारोबार


त्रिभुवन विमानस्थल बन्द

त्रिभुवन विमानस्थल बन्द

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १३:४७, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। 

१२ बजेयता कुनै पनि अन्तर्राष्टिय विमान आएको छैन भने यहाँबाट हुने उडानतर्फ केही अन्तर्राष्ट्रिय विमान कम्पनीहरु उड्ने तयारीमा छन्। 

विमानस्थल स्रोतका अनुसार देशमा बदलिँदो परिस्थितिलाई मध्यनजर गरी विमानस्थलमा उडान अवतरण रोकिएको हो। 

उड्ने तयारीमा इन्डिगो, कतार एयरवेज छन् भने हिमालय एयरलाइन्स र एयर चाइना उडिसकेका छन्। मलेसिया एयरलाइन्सले धमाधम बोर्डिङ पूरा गरेको छ भने चाइना साउदर्न भर्खरै ग्वान्झाउ उडेको छ। दिल्ली उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको उडान डिले भएको छ भने थाई एयरवेज बैंकक उडेको छ। 

त्यसैगरी ढाका उड्ने तयारीमा रहेको हिमालय एयरलाइन्सको सेक्युरिटी चेक जारी छ। इन्डिगो र एयर इन्डियाको पनि सेक्युरिटी चेक भइरहेको छ। थाई लायनको पनि सेक्युरिटी चेक भइरहँदा मुम्बई उड्ने तयारीमा रहेको इन्डिगो, विमान बंगलादेश र थाई एयरएसिया र फ्लाई दुबईको चेक इन सुरु भएको छ। 

त्यसैगरी एयर अरेबिया आबुधाबी र इन्डिगोकै चेक इन देखिएको छ। 

तयारीमा रहेका उडानपछि विमानस्थलमा थप उडान नहुने देखिएको छ। जेनजी आन्दोलनमा दमनपछि मंगलबार प्रहरीविरुद्ध प्रदर्शनकारी आक्रोशित देखिएका छन्। 

अहिले विमानस्थल सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad