कारोबार


जेनजी प्रदर्शनपछि आयातनिर्यात प्रभावित, आपूर्ति व्यवस्थापन मिलाउन भोलि मन्त्रालयमा बैठक

जेनजी प्रदर्शनपछि आयातनिर्यात प्रभावित, आपूर्ति व्यवस्थापन मिलाउन भोलि मन्त्रालयमा बैठक

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०८२ आइतबार १८:२४, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वको मुखमा देखिएको पछिल्लो परिस्थितिमा माग र आपूर्तिको सन्तुलन मिलाउन सोमबार बैठक आयोजना गरेको छ। 

भोलि ११ बजेका लागि तय गरिएको बैठकमा निजी क्षेत्रका छाता संघहरु, आपूर्ति व्यवस्थासँग सम्बन्धित विभाग र संस्थाहरुसँग आपूर्ति व्यवस्थापनलगायतका विषयमा बैठक आयोजना गरिएको मन्त्रालयले जनाएको हो। 

२३ र २४ को जेनजी प्रदर्शनसँगै देशको आयातनिर्यात प्रभावित भएको छ। 

मन्त्रालयका अनुसार भारततर्फ वीरगन्ज भन्सार शनिबारदेखि नै सञ्चालनमा आएको छ। 

त्यस्तै काँकडभित्ता भोलिदेखि सञ्चालनमा आउने भएको छ। बंगलादेशसम्मको अन्य अवस्था सामान्य रहेको छ भने भद्रपुर, विराटनगर, भैरहवा, कैलाली, नेपालगन्ज र जनकपुर भन्सार कार्यालयमा जेनजी प्रदर्शनका क्रममा क्षति भएको मन्त्रालयले जनाएको छ। 

त्यसबाहेक चीनतर्फ कोरोला नाका सञ्चालनमा आएको छ। शनिबार ४५ ट्रक र ७५ ईभी नेपालतर्फका भन्सार कार्यालयमा आएका छन् भने तातोपानी र टिमुरे नाका असारको बाढी र पहिरोका कारण बन्द अवस्थामा नै छन्। 

यसले आयातनिर्यात प्रभाव भएको छ। मन्त्रालयले आयातनिर्यात चुस्त पार्न अन्तर्निकायगत समन्वय जरुरी रहेको उल्लेख गरेको छ। खासगरी निजी क्षेत्रसँग पनि समन्वय गर्नुपर्ने देखिएको मन्त्रालयले जनाएको छ। 

चाडवाडको मौसम आएसँगै बजारमा पर्ने प्रभावको विश्लेषण गरी माग र आपूर्ति प्रभाव नपर्ने गरी कार्यसम्पादन भइरहेको मन्त्रालयको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad