कारोबार


खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्यका चामल पसल सञ्चालन

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्यका चामल पसल सञ्चालन

नेपालखबर
असोज १, २०८२ बुधबार १५:३३, काठमाडौँ

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले जिल्लाका तीन स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ।

दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै लिमिटेडले दिक्तेलबजारसहित ऐसेलुखर्क गाउँपालिका र खोटेहाङ गाउँपालिकामा चामलको सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो। 

जिल्लामा खोलिएका सुपथ मूल्यको पसल यही असोज १० गतेसम्म सञ्चालन लिमिटेड शाखा कार्यालयका प्रमुख सुजनबाबु आचार्यले जानकारी दिए। उनका अनुसार जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित व्यापार कम्पनी लिमिटेडको कार्यालय र गोदाम, ऐसेलुखर्कमा डिपो कार्यालय तथा खोटेहाङ गाउँपालिकामा डिपो कार्यालयबाट सस्तो मूल्यमा चामल बिक्री सुरु गरिएको हो।

यसअघि प्रतिकिलो रु ६५ मा बिक्री भइरहेको अरुवा सोना मन्सुली चामल डिपो कार्यालय ऐसेलुखर्क र खोटाङबजारमा हाल प्रतिकिलो रु ६० मा बिक्री सुरु गरिएको छ। यस्तै, प्रतिकिलो रु ९० मा बिक्री भइरहेको स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८५ मा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ।

दिक्तेलबाट प्रतिकिलो रु ६४ मा बिक्री भइरहेको अरुवा सोना मन्सुली चामल अहिले प्रतिकिलो रु ५९ मा, प्रतिकिलो रु ९० मा बिक्री भइरहेको स्टिम जिरा मसिनो चामल रु ८५ मा र प्रतिकिलो रु ९० मा बिक्री हुँदै आएको स्तरोन्नति गरिएको स्टीम जिरा मसिनो चामल रु ८५ मा बिक्री सुरु गरिएको प्रमुख आचार्यले जानकारी दिए।

चाडपर्वको समयमा उपभोक्तालाई सस्तो मूल्यमा चामल उपलब्ध गराउँदै खाद्यवस्तुमा बजार मूल्य स्थिरीकरण गर्न सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख आचार्यले बताए। लिमिटेडले चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालन गरेपछि ग्रामीण भेगमा बसोबास गर्दै आएका स्थानीयलाई सहज भएको छ। 

अहिलेका लागि पाँच सय क्विन्टल चामल उपलब्ध रहेको जनाइएको छ। दश स्थानीय तह रहेको जिल्लामा वर्षभरिका लागि तीन हजार क्विन्टल चामल उपलब्ध हुने कार्यालय प्रमुख आचार्यले जानकारी दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad