कारोबार


सरकारले निजी क्षेत्रसँग सँगसँगै छु भन्ने सन्देश दिनुपर्छ : अधिवक्ता दाहाल

सरकारले निजी क्षेत्रसँग सँगसँगै छु भन्ने सन्देश दिनुपर्छ : अधिवक्ता दाहाल

नेपालखबर
असोज ७, २०८२ मंगलबार १२:९, काठमाडौँ

अधिवक्ता सेमन्त दाहालले चुनावपछि पनि सरकार संक्रमणकालीन मात्रै हुनसक्ने अनुमान गरेका छन् । 

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै अधिवक्ता दाहालले  नेपालले संक्रमणकालको विभिन्न शृङ्खलामा प्रवेश गरेको बताएका हुन्। 

‘चुनावपछिको सरकार पनि संक्रमणकालिन सरकार बन्न सक्ने अवस्था देखिन्छ। संक्रमणकालमा प्रवेश गर्दै गर्दा सीमित परिधिमा बसेर आर्थिक पक्षलाई कसरी सम्बोधन गर्न सक्छौ भन्ने कुरा महत्वपूर्ण छ’, उनले भने।

भ्रष्टाचारको विरोधमा आन्दोलन भएको भन्दै उनले आर्थिक रुपान्तरणका लागि नयाँ आइडिया ल्याउने हो कि हामीसँग भएको तथ्यको आधारमा नयाँ खाका कोर्न सक्छौं कि सक्दैनौ भन्ने हेर्नुपर्ने बताए।

सरकारमार्फत आर्थिक रुपान्तरणका लागि अध्यादेश जारी गराउन सकिन्छ भन्दै गर्दा राजनीतिक परिस्थिति पनि हेर्नुपर्ने उनले तर्क गरे । 

‘यसअघि हामीले आर्थिक सुरक्षाका कुरा गर्दै आएका थियौँ। तर, अब भौतिक सुरक्षालाई पनि सँगसँगै लिएर जानुपर्ने भयो। सरकारले निजी क्षेत्रसँग सँगसँगै छु भन्ने सन्देश दिनुपर्छ । यसका लागि उदाहरणीय काम पनि गर्नुपर्छ’, दाहालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad