नेपालमा हिरोको ईलेक्ट्रिक स्कुटर भिडा भिएक्स २ सार्वजनिक भएको छ।
चौधरी गुपका अध्यक्ष विनोद चौधरी र हिरोमोटो कर्प भारतका एग्जिक्युटिभ भाइस प्रेसिडेन्ट सञ्जय भानले आइतबार भिडा भिएक्स २ सार्वजनिक गरेका हुन्।
भिडा भिएक्स २ दुई भेरियन्ट भिडा भिएक्स २ गो र भिडा भिएक्स २ प्लसमा उपलब्ध छ।
भिडा भिएक्स २ गो २.२ किलोवट आवरको मूल्य २ लाख ९९ हजार ९०० रूपैयाँ र भिडा भिएक्स २ प्लसको मूल्य ३ लाख ९९ हजार ९०० रूपैया तोकिएको छ। डर्ट ईके ३ को मूल्य १ लाख ९९ हजार ९०० रूपैयाँ तोकिएको छ।

भिडा भिएक्स २ फुल चार्जमा १४० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। ४० भन्दा धेरै स्मार्ट फिचर छ।
४-५ वर्षअघि सीजीले पहिलोपटक चारपांग्रे विद्युतीय सवारीसाधन सार्वजनिक गर्दा नेपालमा ईभीको पहुँच १ प्रतिशतभन्दा पनि कम थियो।
आज नेपाल विश्वमै तीव्र गतिमा विद्युतीय सवारी साधन अपनाउने देशहरूमध्ये परेको छ।
नर्वेपछि नेपालमा विद्युतीय सवारी साधनको पहुँच करिब ८२ प्रतिशत पुगेको छ। यो कोप-३२ अन्तर्गत हरित वातावरण र दिगो अर्थतन्त्रका लागि गरिएको प्रतिबद्धता मात्र नभई सरकारको नीति र प्रविधिप्रतिको आकर्षणको परिणाम भएको सीजी ग्रुपका सीईओ निर्वाण चौधरीले बताए।

सीजीले दुई वर्षभित्रै हिरोको बजार हिस्सा १५ प्रतिशत नजिक पुर्याउन सफल भएको छ।
‘नोकिया वा ब्ल्याकबेरी जस्ता कम्पनीहरू समयसँगै हराएर गए, तर राम्रो कम्पनीलाई उत्कृष्ट बनाउने भनेकै निरन्तर नयाँ प्रविधि र आविष्कार अपनाउनु हो। हिरोले त्यही गरिरहेको छ,’ उनले भने।
उनले भारत बाहिर 'भिडा' सार्वजनिक गर्नका लागि हिरोले नेपाललाई पहिलो देशको रूपमा रोजेकोमा गर्व महसुस भएको बताए।
सीजीसँग १०० भन्दा बढी वितरकहरू र शोरुमहरूको बलियो इकोसिस्टम भएको बताउँदै आफूहरूको लक्ष्य 'भिडा' खरिद प्रक्रियालाई अत्यन्तै सरल बनाई ४ वटा चरणमै ग्राहकको ढोकासम्म पुर्याउनु भएको उनले बताए।

हिरो मोटोकर्पका कार्यकारी उपसभापति सञ्जय भानले नेपाललाई हिरोको 'भिडा' ब्रान्डको पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा रोज्नु कुनै संयोग मात्र नभएको बताए।
नेपालले विद्युतीय सवारी साधनको क्षेत्रमा देखाएको नेतृत्वदायी भूमिका (८२% सम्मको पहुँच) विश्वकै लागि प्रशंसनीय रहेको बताए।
‘काठमाडौँका सडकमा हरेक दोस्रो गाडी विद्युतीय देखिनु नै गतिशीलता को भविष्य हो, ’ उनले भने, ‘हिरो मोटोकर्प ५३ भन्दा बढी देशहरूमा उपस्थित छ र १३ करोड भन्दा बढी दुईपांग्रे सवारी साधन बिक्री गरिसकेको छ।’ हिरो र सीजीको यो सहकार्य दीर्घकालीन र विश्वासमा आधारित रहेको बताए।
`हिरो मोटोकर्पको मुख्य उद्देश्य ‘गन्तव्य र गतिको भविष्य’ बन्नु हो। 'भिडा' केबल अर्को दुईपांग्रे सवारीसाधन वा गाडी मात्र होइन, यो एउटा नयाँ जीवनशैलीको सुरुवात हो,´ भानले भने।













Shares

प्रतिक्रिया