कारोबार


जेनजी आन्दोलनमा प्रभावित उद्योगी व्यवसायीलाई कर्जा पुनर्तालिकीकरणको सुविधा

जेनजी आन्दोलनमा प्रभावित उद्योगी व्यवसायीलाई कर्जा पुनर्तालिकीकरणको सुविधा

नेपालखबर
असोज १०, २०८२ शुक्रबार १४:४३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनमा प्रत्यक्ष प्रभावित उद्योगी व्यवसायीलाई कर्जा पुनर्तालिकीकरण, पुनर्संरचनाको सुविधा दिएको छ। 

एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै केन्द्रीय बैंकले ऋणीले चाहेमा आगामी पुससम्म पुनर्तालिकीकरण, पुनर्संरचनाको सुविधा दिएको हो। 

‘जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा ऋणीको अनुरोधमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले प्रभावको एकीन गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनर्तालिकीकरण र÷वा पुनर्संरचना गर्न सक्नेछन्’, राष्ट्र बैंकले भनेको छ। 

यसअनुसार पुस मसान्तभित्र कर्जा पुनर्तालिकीकरण, पुनर्संरचना गरिसक्नुपर्नेछ। यसअनुसार गरिएका कर्जा असार मसान्तमा जुन वर्गमा छ सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशनमा भनिएको छ। 

बैंक तथा वित्तीय संस्थाहरुका लागि केन्द्रीय बैंकले यो निर्देशन जारी गरेको हो। 

त्यसैगरी जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित ऋणी संस्थासाग फरवार्ड, ब्याकवार्ड लिंकेज भएका ऋणीलाई प्रवाहित कर्जा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले प्रभावको एकीन गरी ऋणीले बुझाउनुपर्ने ब्याजको न्यूनतम ५ प्रतिशत रकम असुलउपर गरी सशर्त कर्जाको पुनर्तालिकीकरण र÷वा पुनर्संरचना गर्न सक्ने व्यवस्था गरिएको छ। 

जुन पुससम्म गरिसक्नुपर्नेछ भने यसो गरिएका कर्जा असारमा रहेको वर्गमै हुनुपर्ने र सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad