राजनीति


सञ्चारमन्त्री खरेलले टिचिङ पुगेर भेटे जेनजी आन्दोलनका घाइते

सञ्चारमन्त्री खरेलले टिचिङ पुगेर भेटे जेनजी आन्दोलनका घाइते

नेपालखबर
असोज १०, २०८२ शुक्रबार १४:५०, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुसँग भेट गरेका छन्।

शुक्रबार मध्यान्ह सञ्चारमन्त्री खरेल त्रिवि शिक्षण अस्पताल पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेटेका हुन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो। आन्दोलनमा गोली लागेर सयौँ घाइते भएका छन्।

आन्दोलनकै उपलब्धिस्वरुप तत्कालीन केपी शर्मा ओली सरकार पतन भयो र अन्तरिम सरकारकी प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भइन्।

कार्की मन्त्रिपरिषद्मा सञ्चारमन्त्रीको रुपमा खरेल नियुक्त भएका छन्। मन्त्री नियुक्त भएको केही दिनपछि उनले जेनजी आन्दोलनका घाइतेहरुसँग भेट गरेर उनीहरूको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन्। साथै घाइतेहरूको स्वास्थ्यलाभको कामनासमेत गरे।

घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीसँग उनले घाइतेहरूको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने र जेनजीको चाहनाअनुसार आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad