नारायणगढ–मुग्लिङ सडकअन्तर्गत तुइनखोलामा दुईतर्फी सडक आवागमन ठप्प भएको छ।
पहिरो खसेपछि अपराह्न ४ बजेदेखि बाटो बन्द भएको हो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार ढुंगा झरिरहेको छ। अहिले पहिरो पन्छाउने काम पनि भइरहेको छ। कार्यालयले अत्यावश्यकबाहेक सडक यात्रा नगर्न सुझाएको छ।
डोजरले एकतर्फी सडक सञ्चालनको लागि पहिरो हटाइरहेको छ।
141
Shares

प्रतिक्रिया