कैलालीमा बसको ठक्करबाट एक जनाको पैदलयात्रीको मृत्यु भएको छ भने बसमा सवार २० यात्रु घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका ३ बोराडाँडीमा बसको ठक्करले पैदलयात्री धनगढी उपमहानगरपालिका ४ का ६० वर्षीय गणेश शाहीको मृत्यु भएको हो।
धनगढीबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १९०७ नम्बरको बसले पैदलयात्री शाहीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।
पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भएर बस दुर्घटनमा हुँदा सवार २० यात्रु पनि घाइते भएका छन्। तीमध्ये ९ जनाको माया मेट्रो अस्पताल, ४ जनाको नवजीवन अस्पताल, ४ जनाको स्वस्तिक कार्डियो अस्पताल र ३ जनाको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
बस चालक फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया