विपद्मा तत्काल उद्धारको आवश्यकता परे ७७ वटै जिल्लामा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।
सरकारले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ७७ वटै जिल्लाको सम्पर्क नम्बर उपलब्ध गराएको हो।
शुक्रबारदेखिको लगातारको वर्षापछि बाढी र पहिरो व्यापक भएको छ। ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन्।
यसैलाई मध्यनजर गरी गृह मन्त्रालयले नम्बरहरुको सूची दिएको छ। गृह मन्त्रालयमा समेत ९८५१२७७०११ मा सम्पर्क गर्न सकिनेछ।



240
Shares

प्रतिक्रिया