कारोबार


फेरि ४५ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

फेरि ४५ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

नेपालखबर
असोज २२, २०८२ बुधबार १६:१७, काठमाडौँ

सेयरबजार लगातार दोस्रो दिन उच्च अंकले घटेको छ। 

मंगलबार ५८ अंकले घटेको सूचक बुधबार पुनः ४५.३६ अंकले झरेको हो। 

१.७४ प्रतिशतले घटेर नेप्से २५५९.५९ विन्दुमा आउँदा कारोबार रकम भने अघिल्लो दिनभन्दा बढेको छ। 

मंगलबार बजारमा ४ अर्ब ६२ करोडको सेयर कारोबार भएको थियो। बुधबार बढेर ५ अर्ब ७६ करोड पुगेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार १ करोड ३७ लाख कित्ता बिक्रीपछि उक्त परिमाणको कारोबार भएको हो। 

यस दिन १८ वटा सेयरको मूल्य बढे पनि २३२ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र, नेपाल इन्भेष्टमेन्ट मेगाको ऋणपत्र, आत्मनिर्भर लघुवित्त, थ्रि स्टार हाइड्रो र एसबीएल डिबेन्चरको सेयर मूल्य ७.०९ प्रतिशतसम्मले बढेका छन्। 

तर प्रभु इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, सयपत्री हाइड्रो, आरबीबी म्युचुअल फन्डजस्ता धितोपत्रहरु अधिकतम ६.१२ प्रतिशतसम्मले घटेका छन्। 

कारोबारमा नेपाल पुनर्बीमाले सबैलाई उछिनेको छ। कम्पनीको २६ करोडको सेयर किनबेच हुँदा लगानीकर्ताले युनियन हाइड्रोपावरको २४ करोडको कारोबार गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad