हिमालयन लाइफ इन्स्योरेन्सले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) कपिल कुमार दाहाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी दिएको छ।
सीईओ मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएसँगै कामुको जिम्मा दाहालले पाएका हुन्।
कम्पनीको २७ गते बसेको सञ्चालक समितिको बैठकले कार्यवाहक सीईओको जिम्मेवारी दाहाललाई दिने निर्णय गरेको हो।
उनी अर्को सीईओको व्यवस्था नहुन्जेलसम्म कार्यवाहक सीईओ रहनेछन्। कर्णले असोज २७ गते पदबाट राजीनामा दिएका थिए भने सोही दिन उनको राजीनामा स्वीकृत गरेर सञ्चालक समितिले कामुको जिम्मेवारी दाहाललाई दिएको थियो।
48
Shares

प्रतिक्रिया