नेपाल वायुसेवा निगमले साताको तीन दिन काठमाडौं–ग्वान्झाउ–काठमाडौं उडान गर्ने भएको छ।
आगामी मंसिर १४ (नोभेम्बर ३०) देखि चीनको ग्वान्झाउ सेक्टरमा नियमित उडान गर्नलागेको हो।
निगमका अनुसार उक्त उडानका लागि अक्टोवर ३० बाट बुकिङ खुल्ला गरिएको छ।
यो उडान सातामा बुधबार, शुक्रबार र आइतबार हुनेछ। यसअनुसार काठमाडौंबाट बुधबार, शुक्रबार र आइतबार निगमको ए३२० जहाजले राति ९ः५० मा ग्वान्झाउ प्रस्थान गर्नेछ।
त्यसैगरी त्यहाँको समयअनुसार ग्वान्झाउबाट सोमबार, बिहीबार र शनिबार बिहान ५ बजे काठमाडौंका लागि प्रस्थान गर्नेछ।
81
Shares

प्रतिक्रिया