कारोबार


पोखरा सहकारीका अध्यक्षसहित ७ जना पक्राउ, ८८ करोड हिनामिनाको आरोप

पोखरा सहकारीका अध्यक्षसहित ७ जना पक्राउ, ८८ करोड हिनामिनाको आरोप

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १३:१९, काठमाडौँ

पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ७ जना पक्राउ परेका छन्। 

सहकारीका वर्तमान अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहितलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए।

सहकारी रजिस्ट्रार कार्यालय कास्कीले सहकारीको बचत रकम हिनामिना भएको भन्दै आवश्यक कारबाहीका लागि मंगलबार मात्रै प्रहरीलाई पत्राचार गरेको थियो। 

पत्र पाएको भोलिपल्टै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भिष्मप्रसाद गुरुङ, सुपरमाइज मार्केट प्रमुख बेदीप्रसाद सुवेदी र पूर्व सचिव इन्द्रप्रसाद रहेका छन्।

उनीहरुले सहकारीमा रहेको बचत, सेयर, जगेडा लगायतको कोषमा हुनुपर्ने रकम समेत गरी ८ करोड ७० लाख ९ हजार ९६२ रुपैयाँ हिनामिना गरेको आरोप छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad