नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हबिब बैंक लिमिटेडको स्वामित्वमा रहेको हिमालयन बैंकको सेयर खरिद प्रक्रिया पूरा गरेको छ।
कम्पनीले हिमालयन बैंकको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर ३ अर्ब ३३ करोड १ लाख १९ हजार ७ सय ५२ रुपैयाँ ५० पैसामा खरिद गरेको हो।
संस्थापक सेयरधनीको हैसियतले कम्पनीले सो सेयर खरिदको लागि सम्बन्धित नियामक निकायहरुको स्वीकृति पाएको थियो। कम्पनीले उक्त सेयर प्रतिकित्ता ११८.८८ रुपैयाँमा किनेको हो।
योसँगै सबै सेयर आफ्नो नाममा नामसारी गर्नें प्रक्रिया सकेको नेशनल लाइफले जनाएको छ। खरिद गरिएको सेयरबाट कम्पनीको लगानी विविधीकरण भई दिगो प्रतिफल आर्जन हुने कम्पनीको विश्वास छ।
21
Shares

प्रतिक्रिया