कारोबार


७४ वटा सेयरको मूल्य बढ्दा १६८ वटाको घट्यो

७४ वटा सेयरको मूल्य बढ्दा १६८ वटाको घट्यो

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १५:२७, काठमाडौँ

आइतबार सेयरबजार ५.१५ अंकले घटेर २५४०.५७ विन्दुमा थामिएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक घटेको दिन ३ अर्ब ८९ करोडको कुल कारोबार भएको छ। ७९ लाख ५७ हजार कित्ता सेयर बिक्रीपछि यो परिमाणमा कारोबार भएको हो। 

यद्यपि यस दिन मूल्य बढ्नेभन्दा घट्ने सेयर धेरै छन्। ७४ वटा सेयरको मूल्य बढ्दा १६८ वटाको घटेको र १४ वटाको अघिल्लो मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ। 

बढेकामध्ये चारवटा सेयर सर्किट तहमा बढेका छन्। सागर डिस्टिलरी, बुंगल हाइड्रो, बन्दीपुर केबलकार र नबिल डिबेन्चरको ९ प्रतिशत बढीले मूल्य बढेको हो। 

घटेकामा भने भूगोल इनर्जीको सेयरमा नकारात्मक सर्किट लागेको छ। त्यसैगरी रुरु जलविद्युत् परियोजना ९.५२ प्रतिशत, दरम खोला हाइड्रो इनर्जी ६.०९ प्रतिशतले घटेको नेप्सेले जनाएको छ। 

कारोबारमा भने एसबीएल डिबेन्चरको २८ करोडको खरिदबिक्री भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको २१ करोड, माउन्टेन इनर्जी नेपालको २० करोडको करोबार भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad