कारोबार


पर्यटनमन्त्री भट्टराईले लिए १५१ सा‌ंसदको सुझाव

पर्यटनमन्त्री भट्टराईले लिए १५१ सा‌ंसदको सुझाव

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार १५:३९,

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रम तथा बजेटमा सम्बन्धमा प्रदेशगतरुपमा संघीय सांसदहरुसँग दुई दिन छलफल गरेका छन्।

मन्त्री भट्टराईले बिहीबार र शुक्रवार गरी १५१ जना सांसदहरुको आगामी आ.वको नीति कार्यक्रम तथा बजेटको सम्बन्धमा सुझाव तथा सल्लाह लिएका हुन्। शुक्रवार विहान साढे १० बजे देखि बेलुका साढे ६ बजे सम्म आठ घण्टा मन्त्री भट्टराईले सांसदहरुको सुझाव तथा गुनासो सुनेका छन्।

शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने बागमति प्रदेश, २ प्रदेश, गण्डकी प्रदेश र ५ न प्रदेशका सांसदहरुको सुझाव तथा राय लिएका छन् भने आज प्रदेश न १, सुदूरपश्चिम र कर्णाली प्रदेशका सांसदहरुसँग छलफल गरेको मन्त्रालयले जनाएको छ।

शुक्रवार भएको छलफलमा नेकपाको सचेतक तथा सांसद देव गुरुङले कोराना कारण पर्यटन क्षेत्रमा सवै भन्दा बढी क्षति भएको भन्दै पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर अघि बढन मन्त्री भट्टराईलाई सुझाव दिएका थिए। सचेतक गुरुङले पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्दै आन्तरिक पर्यटय प्रबद्धनमा गर्न माग गरेका थिए।

सांसद हरिवोल गजुरेलले कृषि,पर्यटन र उर्जा नै मूल आधार भएको बताउदै निजगढ विमानस्थले चाडो बनाउन माग गरे। सांसदहरुले विगतको परम्पराको अन्त्य गर्दै समानुपातिक, समावेशी र सन्तुलनका आधारमा बजेट वितरण गर्नुपर्नेमा विशेष जोड दिएका थिए।

प्रदेश न ३ का साँसदरुको भाषा,कला,सँस्कृति धर्मको जगेर्ना गदै उपत्यकालाई पर्यटकिय तथा धार्मिक सर्किटको रुपमा विकाश गर्न माग गरेको छन्। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिकल्पको रुपमा निजगढ विमानस्थल बनाउन चाडो शुरु गर्नु आग्रह गरे।

सांसदहरुले साना साना कार्यक्रम नल्याई एक निर्वाचन एक पर्यटन कार्यक्रम ल्याउन समेत माग गरेको छन्।

मन्त्री भट्टराई छलफलले पर्यटन क्षेत्रमा राष्ट्रिय धारणा बनेको बताउँदै बिगतका कार्यक्रम यथावत राख्दै नयाँ कार्यक्रम आउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad