बिगत केही समययता लगातार बढ्दै आएको सुनचाँदीकै मूल्य आज पनि बढेको छ।
नेपाली बजारमा आज पनि सुनचाँदीकै मूल्य बढेर हालसम्मकै सबैभन्दा महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य आज तोलामा १३ सय रुपैयाँ बढेर दुई लाख ७० हजार ६ सय पुगेको छ। गएको शुक्रबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार तीनसय पुगेको थियो।
त्यसैगरि आज चाँदीको मूल्य तोलामा एकसय २७० रुपैयाँ बढेर चारहजार आठसय ३५ पुगेको छ। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो। गएको शुक्रबार चाँदीको भाउ तोलाको चार हजार पाँचसय ६५ रुपैयाँ थियो।
विगत केही दिनदेखि चाँदीको मूल्य पनि निरन्तर बढ्दै आएको छ।
663
Shares

प्रतिक्रिया