बिगत केही समययता लगातार बढ्दै आएको सुनचाँदीकै मूल्यमा आज व्यापक मात्रामा गिरावट आएको छ।
तोलामा सात हजार नौसय रुपैयाँ घटेर सुनको भाउ आज दुई लाख ६२ हजार एकसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेर दुई लाख ७० हजार रुपैयाँमा झरेको थियो।
गएको आइतबार सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै महँगो हो।
त्यसैगरि आज चाँदीको मूल्य तोलामा तीनसय रुपैयाँ घटेर चारहजार पाँचसय ९० रुपैयाँमा झरेको छ।
हिजो चाँदीको भाउ तोलाको चार हजार आठसय ९५ रुपैयाँ थियो। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।
939
Shares

प्रतिक्रिया