कारोबार


२८ अंक बढेर बन्द भयो बजार, ५ सेयरमा लाग्यो सकारात्मक सर्किट

२८ अंक बढेर बन्द भयो बजार, ५ सेयरमा लाग्यो सकारात्मक सर्किट

नेपालखबर
पुस २१, २०८२ सोमबार १५:११, काठमाडौँ

सेयरबजारमा सोमबार २८.७३ अंकको सुधार देखिएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले बढेर २६३९.३७ विन्दुमा चढेको हो। 

यस दिन ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ। १ करोड २४ लाख कित्ता बिक्रीमा यो परिमाणको कारोबार भएको हो। योसँगै २१४ वटा सेयरको मूल्य बढेको छ, त्यस्तै ३७ वटाको घटेको र ८ वटाको आइतबारकै मूल्यमा किनबेच भएको छ। 

आज सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार र रुरु जलविद्युतको सेयरमा सकारात्मक सर्किट लागेको छ। योसँगै यी कम्पनीका लगानीकर्ताले क्रमशः १८३.३०, ११२.१०, ९३.९०, ८१.७० र ६७ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।  

आज घटेका सेयरमा अधिकतम २.४९ प्रतिशतसम्म मात्रै गिरावट देखिएको छ। 

कारोबारमा भने आज शिवम् सिमेन्ट अगाडि छ। कम्पनीको ३८ करोडको कारोबार भएको हो। यसबाहेक बन्दीपुर केबलकार २० करोड, एसवाई प्यानल १७ करोड, श्रीनगर एग्रिटेक १६ करोड र सागर डिस्टिलरीको १५ करोडको खरिदबिक्री भएको छ। 

आज उत्पादन तथा प्रशोधनसहित विकास बैंक र होटल तथा पर्यटन सूचक ३ प्रतिशतसम्मले बढेका छन्। बाँकी उपसूचक पनि बढेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad