कारोबार


५ अंकले घटेको बजारमा लगानीकर्ताले बढाए कारोबार

५ अंकले घटेको बजारमा लगानीकर्ताले बढाए कारोबार

नेपालखबर
पुस २८, २०८२ सोमबार १५:१५, काठमाडौँ

सेयरबजारमा लगानीकर्ताले कारोबार बढाएका छन्। 

सोमबार नेप्से ५.५४ अंकले घटेर २६३५ विन्दुमा रोकिएको दिन ६ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको हो। 

आइतबार सार्वजनिक विदा परेकोले सोमबार साताको पहिलो कारोबार भएको हो। यसअघि गत साता अन्तिम कारोबार दिन नेप्से ४.५९ अंकले बढेको थियो भने ४ अर्ब ९० करोडको खरिदबिक्री भएको थियो। 

यसको तुलनामा सोमबार लगानीकर्ताले कारोबार बढाएका हुन्। कुल १ करोड २३ कित्ता बिक्री गरेका उनीहरुले साढे ६ अर्बको किनबेच गरे। यस दिन ७५ वटा सेयरको मूल्य बढ्दा १७८ वटाको घटेको छ भने सातवटाको गत बिहीबारकै मूल्यमा कारोबार भएको छ। 

सोमबार दुईवटा सेयरमा सकारात्मक सर्किट लागेको छ। यस दिन एसवाई प्यानल र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः १२५.८० र १०१.३० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। 

यसबाहेक रसुवागढी हाइड्रोपावर, बुंगल हाइड्रोलगायतको पनि अधिकतम ८.५३ प्रतिशतसम्मले सेयर बढेको छ। कम्पनीहरुको सेयरमा आज ४.२५ प्रतिशतसम्मको गिरावट देखिएको छ। 

यता धेरै कारोबार भने एसवाई प्यानलको भएको छ। कम्पनीको ४२ करोड २२ लाखको किनबेच भएको हो। त्यस्तै राधी विद्युत् ३१ करोड, मञ्जुश्री फाइनान्स २७ करोड, श्रीनगर एग्रिटेक २५ करोड र शिवम् सिमेन्टको २४ करोडको किनबेच भएको छ। 

सोमबार विकास बैंक, होटल र पर्यटन, उत्पादन, सामूहिक लगानी बढे पनि बाँकी उपसूचक घट्न पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad