कारोबार


नवलपरासी १ को विकासको लागि ‘साझा संकल्पपत्र’ लेख्दै विनोद चौधरी, मतदातासँग मागे सुझाव

नवलपरासी १ को विकासको लागि ‘साझा संकल्पपत्र’ लेख्दै विनोद चौधरी, मतदातासँग मागे सुझाव

फाइल तस्बिर


नेपालखबर
माघ १६, २०८२ शुक्रबार १३:२९, काठमाडौँ

नेपालका एक मात्र डलर अर्बपति तथा आगामी निर्वाचनका लागि नवलपरासी १ बाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले आफ्नो क्षेत्रको विकासको ‘साझा संकल्पपत्र’ तयार गर्न मतदातासँग सुझाव मागेका छन्। 

उनले यसका लागि प्रश्नावलीसहितको फारम तयार गरेका हुन्। जसमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ का सबैभन्दा मुख्य समस्याहरु, युवाहरुका प्रमुख समस्याबारे सोधेका छन्। 

त्यसैगरी अघिल्लोपटक निर्वाचित भएपछि आफ्नो संसदीय कार्यकालबारे मतदाताको मन समेत बुझ्ने प्रयास गरेका छन्। जसमा संसद्मा आफ्नो भूमिका, आफूप्रतिको मतदाताको सन्तुष्टि, विकासमा ध्यान पुगे नपुगेकोजस्ता कुरामा धारणा राख्न आग्रह गरेका छन्। 

मतदाताबाट आफूले विशेष सुझाव वा सन्देश मागेको उनले बताएका छन्। 

‘एक उद्यमी भएको नाताले मलाई थाहा छ, कुनै पनि ठूलो योजना सफल बनाउन सही व्यवस्थापन र सबैको सहकार्यको आवश्यकता पर्छ’, उनले यसरी मतदातासँग सुझाव माग्नुको उद्देश्य खुलाएका छन्, ‘चुनावी संकल्पपत्र बन्द कोठामा बसेर होइन, मतदाताको माझमा आएर लेख्न चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad