आज चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ।
नेपाली बजारमा आज चाँदीको मूल्य प्रतितोला तीनसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य घटेर आज चाँदीको भाउ प्रतितोला ५ हजार २ सय रुपैयाँमा झरेको छ।
हिजो तोलामा १५ सय ६५ रुपैयाँ घटेर चाँदीको भाउ पाँच हजार पाँचसय रुपैयाँमा झरेको थियो। चाँदीको मूल्यमा यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको बिहीबार चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
गएका चार दिनमा चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय पाँच रुपैयाँ घटिसकेको छ।
सुनको मूल्यमा आज पनि पहिरो, कति घट्यो?
783
Shares

प्रतिक्रिया