ग्लोबल


‘क्षेत्रीय युद्ध’को चेतावनीमा खामेनीलाई ट्रम्पको जवाफ: हामीसँग विश्वकै शक्तिशाली जहाज छ

‘क्षेत्रीय युद्ध’को चेतावनीमा खामेनीलाई ट्रम्पको जवाफ: हामीसँग विश्वकै शक्तिशाली जहाज छ

डोनाल्ड ट्रम्प र अयातोल्लाह अली खामेनी


नेपालखबर
माघ १९, २०८२ सोमबार ११:३२, काठमाडौँ

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले दिएको ‘क्षेत्रीय युद्ध’को चेतावनीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जवाफ दिएका छन्।

बीबीसीका अनुसार मार-ए-लागोमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पलाई खामेनीले इरानमा आक्रमण भए ‘क्षेत्रीय युद्ध’ हुने भनेर दिएको चेतावनीबारे प्रतिक्रिया मागिएको थियो।

अमेरिकाको मार-ए-लागोमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्प।

जवाफमा ट्रम्पले भने, ‘पक्कै पनि, उनले यसै भन्छन्। तर हामीसँग त्यहाँ विश्वकै ठुलो र शक्तिशाली जहाज छ।’

उनले थपे, ‘आशा छ- चाँडै नै, केही दिनभित्र हामीबिच सम्झौता हुनेछ। भएन भने थाहा हुनेछ- उनी सही छन् कि छैनन्?’

यसअघि ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही गर्न भन्दै यूएसएस अब्राहम लिंकनसहितका युद्धपोत अरब सागरमा तैनाथ गरेपछि बेला खामेनीले सामाजिक सञ्जालमा लेखेका थिए, ‘अमेरिकीहरूले बुझ्नुपर्छ- यदि उनीहरूले युद्ध सुरु गरे भने यसपटक यो क्षेत्रीय युद्ध हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad