कारोबार


मंगलबार पनि घट्यो नेप्से, ८ अर्बको मात्रै कारोबार

मंगलबार पनि घट्यो नेप्से, ८ अर्बको मात्रै कारोबार

नेपालखबर
माघ २७, २०८२ मंगलबार १५:९, काठमाडौँ

आइतबार र सोमबार लगातार घटेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको छ।

मंगलबार पनि नेप्से सूचक १०.२५ प्रतिशतले घटेर २६६२.१४ अंकमा आइपुगेको हो। आइतबार १०.२४ प्रतिशत र सोमबार २६.०५ प्रतिशतले घटेको नेप्से आइतबार पनि दोहोरो अंकले नै घट्न पुगेको हो।

यस्तै कारोबार पनि मंगलबार खुम्चिएको छ। यो दिन कुल ८ अर्ब ५७ करोडकोमात्रै काराबोर भएको हो।

कारोबार खुलेबाटै ओरालो लाग्न थालेको नेप्सेमा म्युचुअल फण्ड र व्यपार समूहको बाहेक सबै समुहको उपसूचक घटेको छ।

यस्तै कम्पनीगत रुपमा कारोबारमा आएका ३२४ कम्पनीमध्ये ७४ वटाको मूल्य बढ्दा १७९ वटाको घट्न पुगेको हो। बाँकी ७ वटाको भने आज मूल्यमा उतारचढाव देखिएन।

यो दिन सर्वाधिक कमाउनेमा कालिन्चोक दर्शन लिमिटेड अगाडि छ। यो कम्पनीको मूल्य ६.३६ प्रतिशतले बढेको हो । यस्तै घट्नेमा भने ५.२४ प्रतिशतले मूल्य घटेर कर्पोरेट डेभलपमेन्ट बैंक अगाडि देखिएको छ।

यस्तै आज लगानीकर्ताले सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कारोबार गरेका छन्। यो कम्पनीको आज ४५ करोडको कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad