कारोबार


शनिबार एनसेल एआईटीएम कार्निभल हुँदै

शनिबार एनसेल एआईटीएम कार्निभल हुँदै

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार २०:४१, काठमाडौँ

ललितपुर, सातदोबाटोस्थित एआईएटीएम कलेजमा शनिबार (फागुन ९ गते) एनसेल एआईटीएम कार्निभल आयोजना हुँदैछ। युवा लक्षित यो विशेष कार्यक्रममा गीतसंगीतलगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन्।

आयोजकका अनुसार कार्निभलमा गायिका रचना दाहाल र लोकप्रिय ब्यान्ड स्वरको आकर्षक सांगितिक प्रस्तुतिहरु रहने छन्। उनीहरूको लाइभ कन्सर्टका सार्थ अन्य नृत्य प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधिहरूको आयोजना हुनेछ।

कार्यक्रममा सहभागी दर्शकहरूका लागि विभिन्न रमाइला खेलहरु, इन्टरएक्टिभ एक्टिभिटी तथा ग्यारेन्टी पुरस्कारको व्यवस्था पनि रहेको आयोजकले जनाएको छ। कार्यक्रममा एनसेलले आफ्नो युवा सिमको विषेश स्टल पनि रहने छ जहाँ आगन्तुकले यो विषेश सिमका साथै एकदिने अनलिमिटेड प्याकमा ५० प्रतिशत छुटको सुविधा पाउनेछन्।

यो कार्निभलमा एनसेल प्रमुख प्रायोजक रहेको छ भने एक्ट्रिम इनर्जी ड्रिङ्क, ईसेवा, जेन्ट्स पार्क र औरालगायतका ब्राण्डहरुले सहयोग गरेका छन्। विभिन्न ब्रान्ड स्टल, प्रमोशनल एक्टिभिटी तथा विशेष अफरहरू पनि कार्निभलको आकर्षणका रुपमा रहनेछन्।

एआईएमटी कलेजले यस कार्निभलमार्फत विद्यार्थी र युवाहरूलाई संगीत, उत्साह र अवसरको संगम एकै स्थानमा प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad