कारोबार


क्यानडामा ‘नेपाल इभिनिङ’

क्यानडामा ‘नेपाल इभिनिङ’

नेपालखबर
फागुन ९, २०८२ शनिबार १५:२०, काठमाडौँ

क्यानडाको ओटावास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टोरन्टोमा हालै प्रवर्द्धनात्मक कार्यक्रम ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ।

नेपाल र क्यानडाका पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाबिच सम्बन्ध विस्तार, व्यावसायिक साझेदारी कायम गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

त्यस अवसरमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले नेपालको पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिँदै प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, संस्कृति र आध्यात्मिकताको अद्वितीय नमुनाका रुपमा रहेको बताए।

उनले क्यानडाली पर्यटन बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्न आग्रह गर्दै त्यसका लागि सहयोग गर्न दूतावास तयार रहेको बताए।

कार्यक्रममा टोरन्टोमा रहेका ट्राभल एजेन्सी र टुर अपरेटरका प्रतिनिधि, पर्यटन बोर्डका अधिकारी, नेपाली ट्राभल र टुर कम्पनीका प्रतिनिधिलगायत पर्यटन व्यवसायीको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad