रौतहटको तनावलाई साम्य पार्न जिल्ला प्रशासनले एकीकृत सुरक्षा संयन्त्रको रणनीति अख्तियार गरेको छ। शनिबार १ बजेदेखि कर्फ्यू जारी भएसँगै जनजीवन सामान्य बन्दै गएको र प्रहरीले हुलदङ्गा गर्नेहरूलाई कडा निगरानीमा राखेको छ।
हिजो राति नै सहमति भइसकेको विषयमा आज पुनः विवाद बल्झिएपछि स्थिति नियन्त्रणमा लिन १८-१९ जना पक्राउ परेका छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसालसँग नेपालखबरले गरेकाे कुराकानी:
अहिले रौतहटको अवस्था कस्तो छ?
दुई घण्टा भयो, कर्फ्यु आदेश जारी भएको छ। त्यसपछि अवस्था सामान्य बन्दै गएको छ।
कर्फ्यु लागेकै समयमा पनि आगजनी भइरहेको हो?
नेपाली सेना किन परिचालन गर्नु परेको हो?
निर्वाचन सुरक्षाका लागि सेना पहिलैदेखि खटिएको छ नि। स्थिति सम्वेदनशील बनेपछि जिम्मेवारी छुट्याएर पठाइएको हो।
कसलाई के जिम्मेवारी दिनुभएको छ?
यो तनावको खास कारण के हो?
आज भएको तनाव सम्वेदनशील छ तर यो हिजैबाट सुरु भएको हो। अहिले मुस्लिम धर्मावलम्बीको रमजान चलिरहेछ। मस्जिद नजिक भइरहेको विवाहमा डिजेले ठूलो आवाजमा गीत बजाएको भनेर विवाद उत्पन्न भएको रहेछ। हामीले अबेर रातिसम्म बसेर त्यसलाई साम्य पार्यौँ। दुवै पक्ष हात मिलाएर उठेका थिए फेरि आज त्यही विवाद बल्झेको हो।
साम्य भइसकेको विवाद फेरि उठ्दा कसैको घुसपैठ पो भयो कि?
विवाद लामो समयसम्म रहँदा अरु तुस पनि निस्किन थाले होलान्। बाहिरबाट कसैले उक्साएका हुन् कि भन्ने कुरामा अनुसन्धान हुन्छ। अहिलेसम्म त्यस्तो देखिएको छैन, स्थिति नियन्त्रणमा छ।
Shares

प्रतिक्रिया