कारोबार


बुद्ध एयरको जहाज दुर्घटना: ककपिट भोइस र फ्लाइट डेटा रेकर्डरको अध्ययन गरिने, अन्तिम प्रतिवेदन कुर्नुपर्ने

बुद्ध एयरको जहाज दुर्घटना: ककपिट भोइस र फ्लाइट डेटा रेकर्डरको अध्ययन गरिने, अन्तिम प्रतिवेदन कुर्नुपर्ने

भद्रपुर विमानस्थलमा अवतरण क्रममा पुस १८ गते दुर्घटना भएको बुद्ध एयरको एटीआर–७२ जहाज


नेपालखबर
फागुन १०, २०८२ आइतबार २०:२९, काठमाडौँ

बुद्ध एयरको एटीआर–७२ जहाज १८ पुस २०८२ मा भद्रपुर विमानस्थलमा अवतरणका क्रममा भएको दर्घटनाको  सत्यतथ्य पत्ता लगाउन सरकारले  वरिष्ठ क्याप्टेन विनोद पुरीको संयोजकत्वमा गठन गरेको छानबिन समितिले आफ्नो अध्ययनको पहिलो चरण पूरा गर्दै आइतबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो। 

विस्तृत विश्लेषण र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारिने अन्तिम प्रतिवेदनले प्राविधिक वा मानवीय कमजोरी के थियो भन्ने निर्क्योल गर्नेछ। आइतबार सार्वजनिक प्रतिवेदनमा के छ? पढ्नुहोस् मुख्य पोइन्ट:

  • जहाज अवतरण र धावनमार्गबाट बहिर्गमन: काठमाडौंबाट उडेको बुद्ध एयरको ९एन एएमएफ कलसाइनको जहाज भद्रपुर विमानस्थलको धावनमार्ग (रनवे १०) मा ४ सय २० मिटर काटेपछि मात्र टचडाउन र अन्त्यमा धावनमार्गबाट १ सय ८३ मिटर बाहिर पुगेर दुर्घटनाग्रस्त भएको देखिएको छ।

  • प्राविधिक र भौतिक क्षति: जहाजको मुख्य र अगाडिको ल्यान्डिङ गियर, प्रोपेलर तथा इन्जिनहरूमा गम्भीर क्षति पुगेको छ। यस्तै, जहाज धावनमार्गको १ हजार १ सय १२ मिटरदेखि घिस्रिएको (स्किड मार्क्स) र विमानस्थलको भित्री बारमा समेत क्षति पुगेको पाइएको छ।

  • चालक दलको भूमिका: अवतरणका बेला जहाज को-पाइलट (फस्ट अफिसर) ले उडाइरहेका (पाइलट फ्लाइङ) थिए भने क्याप्टेन 'पाइलट मनिटरिङ'को भूमिकामा थिए। को-पाइलटको उडान अनुभव ४ सय ९८ घण्टा मात्र रहँदा क्याप्टेन भने ७ हजार १ सय ३३ घण्टा उडान भरेका अनुभवी पाइलट थिए।

  • अनुसन्धानका प्रमाणहरू: जहाजको 'ककपिट भ्वाइस रेकर्डर' (सीआरभी), 'फ्लाइट डाटा रेकर्डर' (एफडीआर) र एटीसी रेकर्डिङहरू प्राप्त गरी अध्ययनका लागि संकलन गरिएको छ। साथै प्रत्यक्षदर्शी र चालक दलको बयान लिने काम भइरहेको छ।

  • कारण नखुलिएको प्रारम्भिक प्रतिवेदन: अहिलेको प्रतिवेदन प्रारम्भिक मात्रै हो। यस प्रतिवेदनले घटनाको विवरण मात्र प्रस्तुत गरेको छ। दुर्घटनाको आधिकारिक र विस्तृत कारण भने सबै तथ्याङ्क र रेकर्डरहरूको विश्लेषण सकिएपछि अन्तिम प्रतिवेदनमार्फत सार्वजनिक गरिने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad