कारोबार


एलजी एसेन्सियल सिरिज नेपालमा सार्वजनिक

एलजी एसेन्सियल सिरिज नेपालमा सार्वजनिक

नेपालखबर
असार ३, २०८३ बुधबार १४:१६, काठमाडौँ

एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नयाँ घरेलु उपकरण शृंखला एलजी एसेन्सियल सिरिज सार्वजनिक गरेको छ।

काठमाडौंस्थित भिभान्ता काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो।

एसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको छ। नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास छ।

नयाँ शृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल डोर रेफ्रिजेरेटर, पूर्ण अटोमेटिक टप लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर समावेश छन्।

यस अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एलजी र सीजी इलेक्ट्रोनिक्सबीचको दीर्घकालीन सहकार्यलाई स्मरण गर्दै एसेन्सियल सिरिजले नेपाली उपभोक्ताहरूका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, एलजी इलेक्ट्रोनिक्स सिंगापुरका होम अप्लायन्स सोल्युसन – प्रडक्ट डिरेक्टर चाङ्हो हानले नेपाली उपभोक्ताहरूबाट प्राप्त व्यापक निष्कर्षका आधारमा एसेन्सियल सिरिज विकास गरिएको जानकारी दिँदै यसले स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने बताए।

उनका अनुसार, आधुनिक डिजाइन र भरपर्दो कार्यसम्पादनको संयोजन रहेको यो श्रृंखलाले नेपाली परिवारहरूको दैनिक जीवनलाई थप सहज, सुविधाजनक र समृद्ध बनाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad