आज सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा ५६ सय रुपैयाँ बढेको हो।
मूल्य बढेर आइतबार सुनको भाउ तोलाको तीन लाख २० हजार पाँचसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत साताको सोमबारदेखि बिहीबार सम्ममा १० हजार सात सय बढेको सुनको मूल्य गएको शुक्रबार भने प्रतितोला ५ सय रुपैयाँ घटेर तीन लाख १४ हजार नौसय रुपैयाँमा झरेको थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य भने तोलामा २५४ रुपैयाँ बढेको छ। चाँदीको भाउ आज तोलाको पाँच हजार नौसय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया