कारोबार


यातायात र ट्राफिक व्यवस्थापनका विज्ञ गजुरेल अब सांसद

यातायात र ट्राफिक व्यवस्थापनका विज्ञ गजुरेल अब सांसद

नेपालखबर
फागुन २४, २०८२ आइतबार १८:४३, काठमाडौँ

यातायात र ट्राफिक व्यवस्थापनका विज्ञ आशिष गजुरेल सांसदमा निर्वाचित भएका छन्। गजुरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएका हुन्।  

सिन्धुली २ बाट उम्मेदवार बनेका गजुरेलले १७ हजार ९४० मत सहित विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ दाहाल १४ हजार ७८० मतमा रोकिए। 

जर्मनीबाट यातायात इन्जिनियरिङमा स्नातकोत्तर गरेका गजुरेल यातायात तथा पूर्वाधार विकासका क्षेत्रका अनुभवी तथा स्थापित पूर्वाधार विज्ञका रूपमा परिचित छन्। उनी आफ्नो विज्ञता अनुरुपमा निर्माण क्षेत्र, सार्वजिनक यातायात र सडक सुरक्षालाइ प्राथमिकतामा राखेर काम गर्ने बताउँछन्। 

निर्माण क्षेत्र चुस्तदुरुस्त रुपमा अघि नबढेसम्म विकासले गति लिन नसक्ने भएकाले एन कानुन तथा नीति निर्माणलाइ प्राथमिकतामा राखेर काम गर्ने उनी बताउँछन्। 

‘एन कानुनको अभावले हाम्रो कतिपय विकास निर्माणका कार्य रोकिएका छन्। विकास निर्माणका कार्यमा बाधा नपुग्ने गरी ती कानुन निर्माण गर्न भूमिका निर्वाह गर्छु,’ गजुरेलले भने।

साथै सार्वजिनक यातायात र सडक सुरक्षाका लागि पनि आवश्यक काम गर्ने उनले बताए। 

नेपाल सरकारको लगानी बोर्डमा सात वर्ष भन्दा बढी समय पूर्वाधार विज्ञको रूपमा कार्य गरिसकेका गजुरेलले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकका रूपमा राष्ट्रियस्तरका महत्वपूर्ण पूर्वाधार परियोजनाहरूको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। नीति निर्माण, योजना कार्यान्वयन, बहुपक्षीय सहकार्य तथा सार्वजनिक सेवा सुधारजस्ता विषयलाई सार्वजनिक बहसमा स्थापित गर्न उनको भूमिका महत्वपूर्ण मानिन्छ। 

यातायात इन्जिनियरिङको पृष्ठभूमि भएका गजुरेलले राजनीतिक यात्रामा प्रवेश गर्नु अघि उनले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकका रूपमा काम गर्दा आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन्। 

उनले चोभार स्थित सुख्खा  वन्दरगाहको सफल संचालन एवं उपत्यका बाहिरका सुख्खा वन्दरगाहको सुविधासम्पन्न बनाउने एवं दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण कार्य अघि बढाएका थिए। अन्य स्थानमाका सञ्चालमा रहेका सुख्खा वन्दरगाहको स्तरोन्नोतिका साथै प्रविधिमैत्री बनाउन भूमिका निर्वाह गरेका थिए। 

जर्मनबाट फर्किएपछि उनले पुलचोक इन्जिनियरिङ कलेजमा अध्यापन पनि गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad