कारोबार


राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह

राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह

नेपालखबर
फागुन २९, २०८२ शुक्रबार १२:६, काठमाडौँ

करिब १ देखि ३ हप्तासम्म राहदानी सेवा बन्द हुने भएको छ। 

राहदानी विभागले एक सूचना जारी गर्दै जिल्ला/इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा १ देखि ३ हप्तासम्म बन्द हुनसक्ने जनाएको हो। 

त्यसैगरी राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा करिब १ हप्तासम्म बन्द हुन सक्नेछ।

नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न राहदानी प्रणाली, राहदानी पुस्तिकालगायतको आवश्यक तयारी गरिसकेको जनाउँदै विभागले अबको १/२ महिनाभित्र हालको प्रणालीबाट नयाँ प्रणालीमा बदली हुने र उक्त अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म सेवा बन्द हुन सक्ने देखिएको विभागले जनाएको छ।

नयाँ प्रणाली कार्यान्वयन भएपछि प्रणाली स्थिरीकरण हुन १ देखि ३ महिनासम्म लाग्ने भएकाले उक्त अन्तरिम अवधिमा जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालभन्दा बढी समय लाग्न सक्ने पनि विभागले जनाएको छ। 

सोही कारण आगामी ६ महिनासम्म (२०८३ असोजभित्र) राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था सुरु हुनुअगावै नियमानुसार सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन अनुरोध गरिएको छ। 

नयाँ प्रणाली सुरु हुने मिति तथा उक्त अवधिमा गरिने व्यवस्थाका सम्बन्धमा अर्को सूचनामार्फत जानकारी दिने विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad