कारोबार


उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन २९ र ३० गते

उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन २९ र ३० गते

नेपालखबर
चैत ५, २०८२ बिहिबार १८:१५, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा र निर्वाचन यही चैत २९ र ३० गते हुने भएको छ।

बिहीबार बसेको महासंघको कार्यकारिणी समितिको बैठकले साधारणसभा र निर्वाचन कार्यतालिका टुंगो लगाएको हो। 

महासंघका कोषाध्यक्ष भरतराज आचार्यले भने, ‘साधारणसभा र निर्वाचन मिति आजको बैठकले टुंगो लगाएको छ। यसअनुसार २९ र ३० गतेका लागि मिति तोकिएको छ।’ 

उनका अनुसार प्रदेश महासंघको प्रदेशसभा एवं अधिवेशन २५ गतेभित्र सम्पन्न गर्ने निर्णय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad