कारोबार


युसिन–एआरटीले नागढुंगा सुरुङमार्ग सञ्चालन गर्ने

युसिन–एआरटीले नागढुंगा सुरुङमार्ग सञ्चालन गर्ने

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०८२ सोमबार १२:३७, काठमाडौँ

सरकारले नागढुंगा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थान गर्ने कम्पनी छनोट गरेको छ।

सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापन लागि चिनियाँ कम्पनी युसिन–एआरटी जेभी छनोट भएको नागढुंगा सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ। 

प्राविधि मूल्यांकनमा सबल देखिएका कम्पनीहरुमध्ये युसिन–एआरटी जेभीले सबैभन्दा कम रकममा ठेक्का प्रस्ताव गरेको थियो। 

कम्पनीले ५ वर्षसम्म सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि कुल १ अर्ब १० करोड ४० लाख रुपैयाँमा ठेक्का प्रस्ताव गरेको हो। 

कम्पनीले अनुमानित लागतभन्दा करिब ४० प्रतिशत कम रकम कबोल गरेर ठेक्का पाएको हो। 

सोमबार सूचना जारी गर्दै आयोजनाले कम्पनीलाई ठेक्का सम्झौताका लागि एक साताको समय दिएको छ। 

ठेक्का सम्झौतापछि कम्पनीले २.६५ किलोमिटर लामो सुरुङमार्ग ५ वर्षसम्म सञ्चालन र व्यवस्थापन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad