कारोबार


अर्थमन्त्रीको आश्वासनपछि ह्वात्तै बढ्यो सेयरबजार

अर्थमन्त्रीको आश्वासनपछि ह्वात्तै बढ्यो सेयरबजार

नेपालखबर
चैत २३, २०८२ सोमबार १५:३३, काठमाडौँ

सोमबार सेयरबजार ८३.३३ अंकले बढेको छ। 

लगातारजसो गिरावट आइरहेको बजार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुधारका लागि सरकारले काम गर्ने बताएसँगै उकालो लागेको हो। 

लगानीकर्ताले नयाँ सरकारले सेयरबजारलाई बेवास्ता गरेको गुनासो गरिरहेका थिए। यस्तोमा अर्थमन्त्री वाग्लेले सोमबार बिहान स्टक ब्रोकरसँग छलफल गरेका थिए। उनले व्यवसायीमाथि धरपकड नगर्ने आश्वासन दिएका थिए। त्यसको प्रभाव सोमबारको कारोबारमा देखिएको हो। 

योसँगै नेप्से ३.११ प्रतिशतले बढेर पुनः २७ सय विन्दुमा चढेको छ। २७६०.०२ विन्दुमा पुगेको दिन बजारमा लगानीकर्ताले १० अर्ब ९२ करोडको कुल कारोबार गरेका छन्। दोस्रो कारोबार दिन २६४ वटा सेयरको मूल्य बढ्दा ३ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। 

यस दिन उपकार लघुवित्त, भुजुङ हाइड्रो, रिडी पावर र नेशनल हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ। सुपर खुदी हाइड्रोको पनि ९.९९ प्रतिशतले मूल्य बढेको छ। आज उच्च गिरावट दर ३.१० प्रतिशत मात्रै छ। 

कारोबारमा रिलायन्स स्पिनिङ मिल्स अगाडि छ। कम्पनीको मात्रै १ अर्ब १३ करोडको सेयर किनबेच भएइको छ। त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको ५४ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४८ करोड, अपि पावर ३१ करोड र रिडी पावर ३० करोडको कारोबार भएको छ। 

यस दिन सबै समूहमा हरियाली छाउँदा फाइनान्स र जलविद्युत् उच्च अंकले बढेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad