कारोबार


सामान्य अंकले घटेर बन्द भयो सेयरबजार, ४ वटामा ‘पजिटिभ सर्किट’

सामान्य अंकले घटेर बन्द भयो सेयरबजार, ४ वटामा ‘पजिटिभ सर्किट’

नेपालखबर
चैत ३०, २०८२ सोमबार १५:१०, काठमाडौँ

साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य गिरावट देखिएको छ। परिसूचक नेप्से ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा झरेको हो। 

यद्यपि २ करोड बढी कित्ता कारोबार हुँदा कारोबार भने ८ अर्ब ६६ करोड रुपैयाँको भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार यस कारोबारमा १०५ वटाको मूल्य बढ्दा १५३ वटाको घटेको र १२ वटाको अघिल्लो मूल्यमा खरिदबिक्री भएको छ। यस दिन सुपर खुदी हाइड्रो, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सेयरमा सकारात्मक सर्किट लागेको छ। यी सेयरधनीले क्रमशः १०३.५०, ८१, ७४.९० र ३३ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। 

आज गिरावट दर भने निकै कम छ। अधिकतम ३.६० प्रतिशतसम्म मात्र सेयर घटेका छन्। जसमा युनिक नेपाल लघुवित्त, अभियान लघुवित्त, सान्भी इनर्जी लगायत छन्। 

कारोबारमा नेशनल हाइड्रोपावरले सबैलाई उछिनेको छ। कम्पनीको मात्र ९३ करोडको कारोबार हुँदा रिडी पावर ४९ करोड, रिलायन्स स्पिनिङ ४५ करोड, आँखुखोला जलविद्युत् ३८ करोड र एसवाई प्यानल ३२ करोडको कारोबार भएको छ। यस दिन होटल र पर्यटन, जलविद्युत्, लगानी, उत्पादन, सामूहिक लगानी, निर्जीवन बीमा बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स, अन्य र व्यापार घटेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad